माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

admin

काठमाडौं, २० वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गर्नुभएको छ ।

मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गर्नुभएको हो ।

उहाँले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताउनु भयो ।

माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उहाले बताउनुभयो ।

गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको भन्दै उहाले आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्ने र गठबन्धन बिजयी हुने ठोकुवा गर्नुभयो ।

उहाले गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको भन्दै गठबन्धनलाइ जोगाउने पार्टी माओवादी नै भएको बताउनुभयो । प्रचण्डले स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया