नेपाल नागरिक अभियानको प्रतिवद्धता सार्वजनिक, निर्वाचित जनप्रतिनिधिहरुले मासिक तलब नलिनेदेखि जमिन बाँझो नराख्नेसम्म कार्यक्रम

admin

काठमाडौं, २२ बैशाख । ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ कायम गर्ने उद्देश्यले स्थापना भएको नेपाल नागरिक अभियानले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।

बिहीबार (आज) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्व एआईजी डा. ठाकुरमोहन श्रेष्ठ नेतृत्वको अभियानले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ‘स्थानीय निर्वाचन–२०७९’ चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।

‘अखण्ड विकसित नेपाल, स्वाभिमानी नेपाली’ लक्ष्यको लागि सनातन हिन्दुराष्ट्रको लक्ष्य लिएको अभियानको प्रतिवद्धतापत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, उद्योग व्यवसाय र कर, सदाचार, सुशासन र सुरक्षा प्राथमिकता, मठमन्दिर गुम्बा र वातारणलगायतका विषय समेटिएका छन् ।

कुनैपनि दल र समुहले राखेका नेपाल र नेपालीको हकहित, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका सन्दर्भ, विकास, सुरक्षामा अभियानले विज्ञहरुबाट परिमार्जित एवं व्यवहारिक बनाएर कार्ययोजना लागु हुने जनाएको छ ।

प्रतिवद्धता पत्रमार्फत अभियानले चुनावमा निर्वाचित उम्मेदवारहरुले मासिक तलब नलिएर त्यसलाई सामाजिक सेवामा लगाउने र राजनीतिलाई सेवाको रुपमा अनुभुति गराउनेसमेत प्रतिवद्धता गरेको छ।

त्यस्तै, पार्टीले १० प्सल २ सम्म निःशुल्क व्यवस्था तथा उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ऋण, छात्रवृत्ति र रोजगारी व्यवस्था लागुु गरिने र प्रत्येक वडामा निःशुल्क आधारभुत प्रसुति सुविधासहितको कम्तीमा १ चिकित्सक र एक एम्बुलेन्स समेतको व्यवस्था, बृद्धको लागि घुम्ति शिविरको व्यवस्था गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

हरेक दृष्टिले व्यवस्थित जेष्ठ नागरिक, अपांग, महिला तथा अभियानले जारी गरेको प्रतिवद्धता पत्रमा बालबालिकामैत्री र सुरक्षित तुल्याउने, विज्ञहरुको रायसुझावमा चुरे भावर तथा विशेष जलाधारको संरक्षण र भू–उपयोगका ठोस नीति तर्जुमा गर्ने र जमिन बाँझो नराख्ने पत्रमा बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका राष्ट्रिय अध्यक्ष डा. ठाकुरमोहन श्रेष्ठले देशभर ४७ जना अभियन्ताहरुले आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएको जानकारी दिए ।

उनले कञ्चनपुरको पुनर्वास र बेदकोट, पाल्पाको तानसेन, कपिलवस्तुको कृष्णानगर र बनेपा नगरपालिकामा अभियानको तर्फबाट मेयर पदमा उम्मदेवारी दिएको बताए । त्यस्तै, उपमेयरमा कपिलवस्तु योशधरा र काभ्रेको पनौतीमा, नगर वडाध्यक्षमा १८ जना, नगर वडा सदस्यमा १४ जना, पालिका अध्यक्षमा २, पालिका वडा अध्यक्षमा २ जना र पालिका वडा सदस्यमा ३ जना गरी ४७ जनाले उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया