श्रीलंकामा फेरि कर्फ्यू

admin

कोलम्बो, २६ वैशाख : श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ ।

कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यलय बाहिर भएका हिंसामा कम्तीमा २० जना घाइते भएका छन् । सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

बढ्दो मूल्य बृद्धि र लोडसेडिङको विरोधमा गत महिनादेखि बृहत प्रदर्शन भएका छन् । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि देशमा आर्थिक संकट बढेको छ । सरकारले आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया