नेकपा बहुमतका संयोजक बाँस्तोला पक्राउ

admin

काठमाडौं, २९ वैशाख : हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बनेको नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन्।

पोखराबाट कोहलपुर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरि दाङको भालुवाङमा राखेको नेकपा (बहुमत)का नेता गुणराज लोहनीले जानकारी दिए।

बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया