पोखरा महानगरपालिकामा एकीकृत समाजवादीलाई अग्रता

admin

पोखरा, ३१ वैशाख :पोखरामा महानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ । सुरुवाती डेढ सय मत गन्दा एकीकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् ।

वडा नम्बर १ मा गठबन्धन र १२ मा एमाले अघि देखिएका हुन् । वडा नम्बर १ को ५० मत गणना भएको छ । उपमेयरमा नेपाली कांग्रेकी कोपिला रानाभाटको २२ मत आएको छ भने एमालेकी मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् ।

यो वडा यसअघि एमालेले जितेको वडा हो । १२ मा १ सय मत गन्दा एमालेले ३९ मत पाएको छ भने गठबन्धनले २६ मत छ । १२ मा १० मत र १ मा ५ मत बदर भएको बताइएको छ ।

प्रतिक्रिया