काभ्रेको नमोबुद्ध–१ को अध्यक्षमा कांग्रेसका वागी प्रेम लामा निर्वाचित

admin

काभ्रेमा स्वतन्त्र उम्मेरदवारले विजयी हाँसील गरेको छ । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ मा वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेरदवारी दिएका प्रेम बहादुर तामाङ विजयी भएका हुन्।

उनले नेकपा एमालेलाई पछि पार्दै जीत हाँसील गरेका हुन् । उनको पक्षमा ५ सय ५६ मत रहदा एमालेका निरोज पाण्डेको पक्षमा ४ सय ४७ मत रहेको छ । उनको जितसंगै काङ्ग्रेसलाई झट्का लागेको छ ।

नेपाली काँग्रेसमा आवद्द रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेरदवार बनेका थिए । वडा नं १ माअध्यक्ष तामाङसहित दलित महिला सदस्य राधिका शंकर र एकजना खुला सदस्यमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । महिला सदस्य र एक खुला सदस्य भने एमालेबाट विजयी भएका छन् ।

प्रतिक्रिया