सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

admin

सिन्धुपाल्चोक, २ जेठ :  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ ।

शेर्पाले ५३८५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका दावा लामा ह्योल्मोले ४६०३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने विजयी हुनुभएको छ । उहाँले ५२१४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी गङ्गा अर्याल खड्काले ४६७१ मत प्राप्त गर्नुभएको छ ।

हेलम्बु गाउँपालिकाको अध्यक्षमा निमा ग्याल्जेन शेर्पा पुनः निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया