काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु

admin

काभ्रे, २ जेठ : काभ्रेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो वर्षा र हावाहुरीसंगै परेको चट्याङ लागेर जिल्लाको रोशी गाउँपालिका वडा नं ९ की एक किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नं ९ पानन्चेकी १६ वर्षिया साजनी लुंगेली रहेकी छन् । उनलाई घरमै बसिरहेकै अवस्थामा चट्याङ लागेको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । उनी कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया