काठमाडौंमा बालेनले कटाए १० हजार बढी मत, अग्रता कायमै

admin

काठमाडौं, ३ जेठ : काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजारभन्दा बढी मत पाएका छन्। गणना भइरहेका ८ वटै वडामा अग्रता लिएका बालेनले मतान्तर पनि बढाउँदै लगेका छन्।

१० हजार २ सय ४१ मत पाएका बालेनले एमालेका केशव स्थापितलाई ४७ सय ८८ र कांग्रेसकी सिर्जना सिंहलाई ५४ सय ९९ मतले पछि पारेका छन्।

भृकुटीमण्डपस्थित राष्ट्रियसभागृहमा कडा सुरक्षाबीच मतगणना भइरहेको छ।

प्रतिक्रिया