सगरमाथामा फहरायो तिरुपति स्कुलको ब्यानर

पिएनपि खबर

काठमाडौं, ३ जेठ :लामो समयदेखि समाजसेवा तथा संगीत क्षेत्रमा आवद्ध रहेका युवा संघ नेपाल अतिरिक्त क्रियाकलाप विभाग उप-प्रमुख तेन्जिङ भोटियाद्वारा काठमाडौँको कपनमा संचालित तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुलको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएको छ।

उक्त विद्यालयको कक्षा ८ मा अध्यनरत छात्रा उमंग दावा भोटे र कक्षा ५ मा अध्यनरत छात्रा पासाङ तेम्बा भोटेको पिता श्री छिरिङ लामाले आज बिहान ०६:१४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि त्यहाँसम्म तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुलको ब्यानर पुर्याउन सफल भएका थिए।

सर्वशुलभ तथा गुणस्तरीय शिक्षा सबैको लागि हुनुपर्छ भन्ने मान्यता राख्दै आएका उक्त बिद्यालयका प्रधानअध्यापक समेत रहेका भोटियाले विभिन्न बिपन्न बर्गका उत्कृष्ट बिद्यार्थीहरुलाई होस्टेल समेत निशुल्क गरि छात्रवृतिमा पढाउदै आएका छन्।

प्रतिक्रिया