निर्वाचनको परिणाम हेर्दा गठबन्धन दलका केहि सदस्यहरुले सहकार्य गर्न नचाहेको देखियो; माधव नेपाल

पिएनपि खबर

काठमाडौं, ३ जेठ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा आएको मतपरिणामका बिषयमा पार्टीमा आवश्यक समिक्षा हुने बताउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा सो पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरको कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनमा आएको मतपरिणामका बिषयमा पार्टीमा र गठबन्धनमा आवश्यक समिक्षा हुने बताउनुभएको हो । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको उहाको भनाई छ । उहाले निर्वाचनको परिणाम हेर्दा गठबन्धन दलका केहि सदस्यहरुले सहकार्य गर्न नचाहेको तर्क गर्नुभयो । अध्यक्ष नेपालले निर्वाचनको परिणाम जस्तो आएपनि आफ्नो पार्टी देश र जनताका लागि सदैव काम गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएतले मदन–आश्रितको योगदानका बारेमा चर्चा गरेका थिए ।
You sent

प्रतिक्रिया