काठमाडौं, ४ जेठ: काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
एमाले उम्मेदवार प्रकाश अधिकारी १७४ मत अन्तरले नगरप्रमुखमा विजयी भएका हुन् । अधिकारीले १० हजार ३४० मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् ।काठमाडौंका पालिकामा एमालेको यो पहिलो जित हो ।