मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पिएनपि खबर

सप्तरी, ५ जेठ : सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरा चोकमा गएराती ३ जना सवार मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय लोचन यादव रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ८ वर्षीया कृतिका कुमारी यादब र भगवानपुर गाउँपालिका ३ का २२ वर्षीय अनिल कुमार यादबको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तीन जना सवार अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १ बजे अनियन्त्रित भइ सडकको कल्र्भटमा पल्टिएको प्रहरी चौकी मौवाहाले जनाएको छ ।

 

प्रतिक्रिया