कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयर एमाले विजयी

admin

काठमाडौ, ६ जेठ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्।

मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमाले निर्वाचित भएको छ। एमालेकी शान्ता थापा ९ हजार ९७५ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरे।

प्रतिक्रिया