भरतपुरमा रेणुको अग्रता फेरि बढयो

admin

चितवन, ६ जेठ : भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवारविजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६० छ । अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया