नाबालिका बलात्कारको विरोध र दोषीलाई कारबाहीको माग गर्दै बालुवाटार अगाडी प्रदर्शन

पिएनपि खबर

काठमाडौं, ६ वैशाख : ब्यूटी प्याजेन्टका क्रममा एक युवतीमाथि भएको बलात्कारको घटना यतिबेला सामाजिक सञ्जालमा चर्चाको बिषय बनिरहेको छ । सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको उक्त घटना बुधबार ‘सुसी खान जाने हो’ नामक टिकटक एकाउटमार्फत पिडित युवतीले सार्वजनिक गरेकी हुन्। १६ वर्षको नाबालिक हुँदा नै आफू बलात्कृत भएको र उक्त घटनाले गर्दा आफ्नो जीवनमा परेको नकारात्मक असरबारे उनले बनाएको उक्त भिडियोले अहिले सबैको ध्यान तानेको छ।

उक्त नाबालिक बलात्कारको विरोध र दोषीलाई कारबाहीको माग गर्दै स्वतःस्फूर्त रूपमा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास बाहिर प्रदर्शन भैरहेको छ ।

८ बर्ष अगाडीको घटना अहिले सार्वजनिक गरिकानुनी उपचार खोज्दा पिडित युवतीलाई हदम्यादमा कारण मुद्दा दर्ता नहुने बताइएपछि धर्नामा सहभागीहरुले बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाउन माग गरेका छन् ।नाबालिक बलात्कारको विरोध र दोषीलाई कारबाहीको माग गर्दै बालुवाटार अगाडी प्रदर्शन

प्रतिक्रिया