संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा

admin

काठमाडौं, ८ जेठ : भनिन्छ सफल पुरुषको पछाडी महिलाको हात हुन्छ । यो भनाईमा सिमित न भएर गायक चन्द्र अन्छङ्बोको जीवनमा पनि लागू हुन्छ। बिगत दुई दशक देखि लिम्बु जातिहरुको धर्म र सस्कृतिमा आधारित गीतहरुमा आफ्नोआवाज दिईरहेका गायक चन्द्रलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएको छ । हङकङलाई कर्म थलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगतसंग तुलना गर्छन । उनी भन्छन ”जिवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन ” ।

पछिल्लो समय उनै गायक चन्द्र अन्छङ्बोले लिम्बु गीत सार्वजनिक गरेका छ्न । ‘याक्थुंङ हाङमा तरेमे ‘गीतमा सोल्टीले सोल्टिनालाइ लिम्वुवान राज्यमा राम्ररी बस्नु होला, म जहाँ पुगे पनि तिमि प्रतिको माया र साथ सधै रहने छ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतमा चन्द्रलाइ गायिका संगीत आङबुहाङले साथ दिएकी छिन । बब्रिम शेर्माको शब्द ,संगीत रहेको गीतलाई दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए भिडियो निर्माणको धेय मनोरञ्जनको साथै लिम्बु संस्कार र संस्कृति पुस्तानतरण गर्न पनि रहेको गायक अन्छङ्बोले बताए । युवापुस्ताका चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई मौलिक बनाउनका लागि कस्ट्युम र कलाकारहरुको प्रस्तुतिमा बिशेष मेहनत गरिएको बताए ।

भिडियोमा गायक चन्द्रलाई आफनै श्रीमती सुकु नाल्बो , छोरीहरु एञ्जुला ,एलिसा अन्छङ्बो र पूर्ण बहादुर अन्छङ्बोले साथ दिएका छ्न हंङकङको सुन्दर ठाउहरुमा खिचिएको भिडियोलाइ छायांकन र सम्पादन मज्जाको राईले गरेका छन। भिडियोलाइ गायक चन्द्र अन्छङ्बोको युट्युब च्यानल ( Chandra Anchhangbo ) बाट सार्वजनिक गरिएको हो । आफ्नो भाषासंकृतलाइ बचाउन महत्वपूर्ण भूमिका निभेको भन्दै भिडियोलाइ राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया