काठमाडौंमा बालेन्द्र साहको अग्रता कायमै

admin

काठमाडौं, ९ जेठ : काठमाडौं महानगरपलिकाको मत परिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ।

पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४३ हजार ८ सय ५० मत पाएका छन्।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत छ। यस्तै एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्।

उनले २५ हजार ५९ मत पाएका छन्। काठमाडौं महानगरमा अहिलेसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ।

प्रतिक्रिया