मिस एण्ड मिस्टर सुप्रन्यासनलका २० प्रतियोगीले देखाए ट्यालेन्ट

admin

काठमाडौंँ : सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेष्ठ १५ गते होटल सोल्टीमा एक समारोहकाबीच आयोजना हुँदैछ । प्रारम्भिक चरणबाट छानिएका अन्तिम २० प्रतियोगी फाइनलमा शिर्ष उपाधिका लागि भिड्दैछन् ।

प्रतियोगिताको आइतबार राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा ट्यालेन्ट राउण्डमा आयोजना भयो ।

सो अवसरमा सबै प्रतियोगीताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङलगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, पेन्टर चिराग, , गायिका सोना अमात्य, मिष्टर नेपाल सन्तोष उपाध्याय, लेखक, जयदेव गौडेल निर्णायक रहेको ट्यालेन्ट राउण्डका उत्कृष्ट प्रतियोगीले फाइनलमा ‘ट्यालेन्ट उपाधि’ प्राप्त गर्नेछन् ।

प्रतियोगीतामा युवती तर्फ सागारिका खड्का, रञ्जिता ढकाल, दृष्टि थापा, नविना बाँनिया, प्रतिभा न्यौपाने, अदीति अधिकारी, आयुषा चापागाई, केसु खड्का, प्रनिका श्रेष्ठ, एरी तुलाधर र युवक तर्फ प्रेमचन्द्र मण्डल, मानस कुमार राई, दीपेन्द्र शर्मा, रुपेश महत्तो, श्रीजन भट्टराई, संजय तिमिल्सेन, सनिस श्रेष्ठ, सन्दीप कुमार शाह, सुमन सुनार, अनिस कार्की, चिराग बंदेललगायत प्रतियोगी रहेका छन् ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना सुरु गरेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।

‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगिता मध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने दाबी गरिएको प्रतियोगिता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।

प्रतियोगी अहिले अन्तिमस्पर्धाका लागि पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी बिभिन्न प्रशिक्षणसहित लिइरहेका छन् । ४ एपिसोड र एउटा ग्रान्ड फिनालेको रुपमा इमेज टेलिभिजनबाट समेत प्रतियोगिता प्रसारण हुनेछ ।

प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनी नेपाल आउँनेछन् । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।

प्रतिक्रिया