आगलागीबाट क्षति भएका परिवारका लागि सोसेकको सहयोग

admin

दैलेख, ११ जेठ : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ ।

आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निवासी नरेन्द्र बहादुर थापाको क्षति भएको थियो ।उक्त घरका चार जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो ।

ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । चामल, दाल, नुन, तेल गरी ६ हजार ५ सय बराबरको खाद्यान्न उपलब्ध गराइएको हो ।

प्रतिक्रिया