Home

तस्बिरमा तारा एयरको विमान दुर्घटना

पिएनपि खबर

काठमाडौं, १६ जेठ : आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

दुर्घटना क्षेत्रमा शव संकलन कार्य भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । १६ जनाको शव फेला परेको बताइएको छ ।

थप तस्बिर ग्यालरीमा छ ।

प्रतिक्रिया