लागुपदार्थ दुर्व्यसन नियन्त्रण र न्युनिकरण गर्न युवा अभियान

पिएनपि खबर

महोत्तरी, १६ जेठ : लागुपदार्थ दुर्व्यसन नियन्त्रण र न्युनिकरण गर्न महाेत्तरीमा स्वतन्त्र युवा अभियन्ता समूह निर्माण भएको छ । ‘युवा अभियान : सधैको लागि सबैका लागि’ भन्ने उदेश्यसहित समूह गठन भएकाे हाे ।

समूहले लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवालाई मुक्त बनाउन र यसलाई नियन्त्रण र न्यूनिकरण गर्न अभियान चलाउनेछ ।

बढ्दाे लागुपदार्थका घटनाहरूले सामाजिक र पारिवारिक समस्या बढी रहेको बिषयलाई मध्यनजर गर्दै युवा अभियानको लागि वैचारिक छलफल सुरु भैइसकेको युवा अभियन्ता निरज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया