तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छः ओली

पिएनपि खबर

काठमाडौं, १६ जेठ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको ९ एएनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन् ।

तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ ।

‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ ओलीले भनेका छन् ।

 

प्रतिक्रिया