तारा एयर विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो (तस्बिरहरू)

admin

काठमाडौं, १६ जेठ : आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ ।

आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सवार सबै २२ जना यात्रुको मृत्यु भएको थियो भने हालसम्म २१ जनाको शव फेला परेको छ । दुर्घटनमा मृत्यु भएका मध्ये १० जनाको शव काठमाडौं ल्याइएको हो ।

शव ल्याउदा पर्यटन मन्त्री प्रेम ओले बिमानस्थल पुग्नुभएको थियो । शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको नेपाली सेनाले जनाएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा उक्त बिमान दुर्घटना भएको हो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए ।

तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।

प्रतिक्रिया