पोखरा विमानस्थलमा ट्यांकर पल्टियो, उडान अवरुद्व

admin

पोखरा, १७ जेठ : पोखरा विमानस्थलमा ट्यांकर पल्टिएको छ ।

जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएको हो। जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बताए ।

‘अहिले क्रेन ल्याएर ट्यांकर उठाउँदै छौं, इन्धन पोखिएपनि कुनै किसिमको क्षति भएको छैन,’ प्रवक्ता सुवेदीले भने । सोही कारण करिब एक घन्टाजस्तो बिहानी सेवाका उडान अवरुद्ध हुने उनले बताए ।

प्रतिक्रिया