Home

७ वर्षिया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

admin

अर्घाखाँची, १७ जेठ : ७ वर्षिया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् ।

बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए

प्रतिक्रिया