नायिका मिरुना मगरलाई कारवाहीको माग गर्दै चाबेलमा नाराबाजी

admin

कबड्डी ४ कि नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकको गल्ती नभएको भन्दै र उल्टै नायिका मगरले माफि माग्नु पर्ने माग राख्दै चाबेलको केएल टावर अगाडी व्यापक नाराजुलुस भैरहेको छ। फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी मिरुनाले युवक विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन।

भिडभाडमा कसले छोएको हो यकिन नभई बौद्ध भिक्षुमाथि एक्कासी खनिएको भन्दै सिंगो तामांग समुदाय र बौद्ध मार्गीहरु आन्दोलित भएका छन्। सामाजिक संजालमार्फत आक्रोश पोख्नेहरुले मलको सिसिटिभी फुटेज सार्वजनिक गर्न समेत आग्रह गरेका छन्।

तामाङ थरका युवक अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको बताइएको छ । आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउने छन् । सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो । अन्तमा युवकले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

प्रतिक्रिया