अवैध लागूऔषध सहित पाँच जना पक्राउ

पिएनपि खबर

काठमाडौं, १७ जेठ : तनहुँ र दाङबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय बिशाल सुनार र सोही नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् ।

ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१७ भानु महराबाट करिब ७ ग्राम ८७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय पुजन राज कुँवर लगायत छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१७ भानु महरा बस्ने २७ वर्षीय सुबास जिएमको घरमा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया