नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा

admin

काठमाडौं, १७ जेठ : अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा अन्तत: रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

फोटो: बब्लु गुप्ता

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुग्दा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका मिरुना मगरले सार्वजनिक स्थानमै लामालाई झापड हानेपछि प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । प्रजिअ रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

पक्राउ परेका युवक फुर्वा लामाको रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भैरहेको छ भने सामाजिक संजालमा समेत नायिका मगरको ब्यापक आलोचना भैरहेको छ।

प्रतिक्रिया