Home

स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाको तालिका सार्वजनिक

पिएनपि खबर

काठमाडौं, १७ जेठ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एकदिवसीय शृ‌खलाको खेल तालिका सार्वजनिक भएको छ ।

आईसीसीले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डविरुद्ध १३ जुलाईमा हुनेछ ।

यस्तै तेस्रो खेल १६ जुलाईमा नामिबियाविरुद्ध खेल्दा १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ । हाल नेपाली टिम लिग २ अन्तर्गत शृंखलाको लाग अमेरिका भ्रमणमा छ । जहाँ नेपालले आयोजक अमेरिकासँगै ओमानसँग खेल्नेछ ।

लिग टु को अंक तालिकामा १२ खेल खेलेको नेपाल छैटौं स्थानमा छ । नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया