संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

पिएनपि खबर

संखुवासभा, १८ जेठ : चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया