पशुपतिमा बतास समूहको होटेल चलाउने बाटो बन्द, अन्तरकालीन आदेश बदर

admin

काठमाडौं, १८ जेठ: बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ ।यसअघि जिल्ला अदालत काठमाडौंले होटेल सञ्चालन पाउनेगरी दिएको अन्तरकालीन आदेश बदर भएसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको हो ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

गत वर्ष चैत २५ गतेको आदेशमा जिल्ला अदालत काठमाडौंले निवेदकको व्यवसायमा गैरकानुनी रूपमा असर पर्नेगरी कुनै पनि कार्य नगर्न नगराउन भनेको थियो । तर, पशुपति विकास कोषको तर्फबाट उक्त आदेश खारेजीको माग गरेर निवेदन परेको थियो ।

प्रतिक्रिया