पोखरामा आमा र बच्चा मृत फेला, हत्याको आशंका

admin

पोखरा, १८ जेठ : पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ ।

श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘दुवै हत्या भएको पनि हुन सक्छ । वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ । जाहेरी परेको छ ।

हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन ।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया