मेक्सिकोमा आँधीले ११ जनाको मृत्यु, ३३ बेपत्ता

admin

मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्ती डुबानमा पर्दा ११ जनाको मृत्यु भएको छ। आँधीमा परी कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अमेरिकी ‘नेसनल हरिकेन सेन्टर (एनएचसी)’काअनुसार यो आँधी सोमबार मेक्सिकोको प्रशान्त किनारबाट सुरू भएको थियो। सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ।

हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको मौसमविद्ले बताएका छन्। ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले आँधीबाट आएको अवस्थाबाट नआत्तिन र विपत्तिबाट हुनसक्ने क्षतिबाट जोगिन सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया