खुकुरी हानेको आरोपमा थप १ जना पक्राउ

admin

काठमाडौं, १९ जेठ : ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार प्रतिवादी दोलखा वैतश्वर गाउँपालिका–६ नाम्दुका ३० वर्षीय विकाश तामाङलाई पक्राउ गरेको हो।

गत चैत ९ गते काठमाडौं भोटाहिटी फलफूल पसल अगाडि उभिरहेका २५ वर्षीय सुरज खड्कालाई तामाङसहितका व्यक्तिले खुकुरी प्रहार गरेका थिए।

तामाङसहित रोशन लामालगायत ६ जनाको समूहले उनीमाथि आक्रमण गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।

५ जना भने त्यतिबेलै पक्राउ परेकोमा तामाङ भने फरार थिए। पक्राउ परेका तामाङमाथि ज्यान मार्ने कसुरको उद्योगमा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया