प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

admin

काठमाडौं, १९ जेठ : गोरखाबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोर्खाको सिरानचोक गाउँपालिका-७ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगैडा बस्ने ३४ वर्षीय तुलबहादुर ढकाललाई पक्राउ गरेको हो । ढकाललाई उनकै डेराबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तुलबहादुर लगायतका मानिसले अवैध लागूऔषधको कारोबार गर्छन् भन्ने गोप्य सूचनाका आधारमा ढकाललाई निगरानी गरी उनी बस्ने कोठामा खानतलासी गर्दा ब्लाङकेटले छोपेर झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम २ एमएल १०२० थान नुफिन २ एमएल लेखिएको ८५५ थान र फेनारगन २ एमएल लेखिएको ८५० थान समेत गरी जम्मा २,७२५ एम्पुल नियन्त्रित लागू औषध फेला पारी गोेरखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागी प्रहरी वृत महाराजगंज पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया