सर्वसाधारणलाई बिन्ध्यबासिनी हाइड्रोको आईपिओ बिक्रि खुला

admin

काठमाडौं, २० जेठ : विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले आज (कार्यालय समय) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको छ।

यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर बिक्री नभए असार ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया