सिन्धुपाल्चोकको लागि ४ अर्ब ६० करोडको बजेट

admin

सिन्धुपाल्चोक, २० जेठ : सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ ।

सङ्घीय सरकारको आर्थिक वर्ष २०७९/ ८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । सो नगरपालिकाले ६५ करोड ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ ।

यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसङ्खुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेको छ ।

यस्तै सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख प्राप्त गरेको छ ।

यसैगरी ईन्द्रावती गाउँपालिकाले ४४ करोड आठ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड एक लाख र हेलम्बु गाउँपलामिमा ३० करोड छुट्ट्याको छ ।

प्रतिक्रिया