काठमाडौं, २१ जेठ : विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना गरिएको छ ।
विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित साइकल ¥याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, हुँदै दरबारमार्गमा पुगेर भेलामा परिणत भएको थियो ।
नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै भएको अवस्थामा साईकलको प्रयोगमा प्रोत्साहन गर्न र्यालीको आयोजना गरिएको हो ।
र्याली पछि आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउने र काठमाडौंमा साइकल लेन बनाउने बिषयमा अध्ययन र छलफल अघि बढाउने बताउनुभयो । उहाले साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुनसक्ने उहाको भनाई छ ।
त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरमा ३२ दशमलव ५ किमि साइकललेन बनाइसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउने जानकारी दिनुभयो ।
उहाले ललितपुरभित्र पर्ने चक्रपथमा समेत साइकल लेन बनाउने काम छिटै सुरु हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले साइकल चढौँ स्वस्थ रहौँ लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।