काठमाडौं, २१ जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले अखिल क्रान्तिकारीलाई आगामी निर्वाचनसम्म पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन्।
अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित अखिल क्रान्तिकारीको कार्यालय टीमसँग भएको छलफलमा प्रचण्डले संगठभित्रको देखिएका समस्याहरुलाई छिटै समाधान गर्न आग्रह गरेका थिए ।
पार्टी अध्यक्षले संगठनलाई विस्तार गर्दै समाजलाई राजनीतिक चेतनायुक्त बनाउने भूमिकासमेत निर्वाह गर्न निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले जानकारी दिए ।
संगठनका विविध विषयमा छलफल गर्न भएको बैठकमा माओवादीका नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्य र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगाएत विद्यार्थी नेताहरु सहभागी थिए ।