काठमाडौं, २२ जेठ : जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएकाे छ।
आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु भएकाे रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ। दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुको उद्धार गरिएको छ।
उद्धार जारी रहेकोले मृतक अझै बढ्न सक्ने उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।