मिस नेपाल वर्ल्डका सहभागीलाई आईआईएफटीको पहिरन

पिएनपि खबर

काठमाडौं, २४ जेठ : नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वल्र्ड–२०२२’का प्रतियोगीहरुले यसवर्षको ओपनिङ राउण्डमा इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा उपस्थिति जनाउने भएका छन् । यस पटकको प्रतियोगितामा २४ सुन्दरीले प्रतिष्पर्धा गर्दैछन् ।

४ असारमा हुने ग्राण्ड फिनालेमा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजाइनिङ पहिरनमा प्रस्तुत हुन लागेका हुन् । आईआईएफटीबाट ग्राजुएट १० जना फेसन डिजाइनरहरू यतिबेला २४ जना सुन्दरीका लागि पहिरन तयार गर्न व्यस्त छन् ।

फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रीष मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन् ।

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, थिमबारे खुलाइएको छैन ।

आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरह उत्पादन गरिसकेको छ । काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ । यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि संयोजनको काम गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू