आगलागीबाट दुई घर जलेर नष्ट

admin

मुगु, २४ जेठ : मुगुको खत्याड गाउँपालिका– ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन् ।

मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर पूर्ण रूपले नष्ट भएको छ ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुवास हमालले बताए ।

आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटाइएको उनले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन् । अहिले आगलागी करिब नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको सुरक्षाकर्मीको भनाइ छ ।

प्रतिक्रिया