अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जेठ अन्तिम सातादेखि काठमाडौंमा हुने

admin

काठमाडौँ, २५ जेठ : अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट श्रृखला जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ ।

ह्वीलचेयर क्रिकेट एशोसियसन अफ नेपालको आयोजनामा जेष्ठ २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा उक्त प्रतियोगीता आयोजना हुने भएको हो ।

अन्तराष्ट्रिय क्रिकेट श्रृखलामा नेपालका साथै भारतका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहनेछ ।

टि ट्वान्टी फम्र्याटमा खेलाईने प्रतियोगीता आइसिसि कै नियम मुताविक खेलाइने एशोसियसनका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

बिशेष गरि समाजमा लुकेर बसेका अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिर निकाल्न खेलकुदले धेरै सहयोग गर्ने बिश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया