ललितपुरमा विपद् व्यवस्थापनको अभ्यास

admin

ललितपुर, २५ जेठ : ललितपुरको धापाखेल स्थित नागदहमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको संयोजकत्व र ललितपुरका सुरक्षा निकायको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी “संयुक्त सिमुलेसन” (मनसुन–२) नामक अभ्यास गरिएको हो ।

अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरु, स्थानीय तह तथा विपद् व्यवस्थापन संग सम्बन्धित अन्य निकायको सहभागीता रहेको थियो । सो क्रममा नागहदमा हुन सक्ने दुर्घटना र त्यसको उद्धारका बारेमा प्रत्यक्ष अभ्यास गरिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागदहमा सामन्य बिपद पूर्वतयारी र उद्धार सम्बन्धी कार्य हुन सक्दा नागरिकहरुको ज्यान गुमेको हुदा पूर्वअभ्यासका लागि यस स्थानमा अभ्यास गरिएको जानकारी दिनुभयो ।

उहाले सामाजिक संघ संस्था र आम नागरिकहरुले बिपत व्यवस्थापनको महत्व र आवश्यकताका साथै पूर्वतयारी बुझाउनका लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया