मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघकी सहायक महासचिवबीच भेटवार्ता, पर्यटनमा सहकार्य गर्ने बचन

admin

पोखरा, २६ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजाबीच भेटवार्ता भएको छ ।

विंगाराजाको नेतृत्वमा आएको टोलीले बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका मन्त्री र सचिवहरूको उपस्थितिमा भेटघाट गरेका हुन् । विंगाराजासँगै नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए ।

भेटका क्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सहकार्यका लागि आग्रह गरे । ‘संघीयताको सुदृढीकरण र सेवा प्रवाहको प्रभावकारिताका लागि धेरै काम बाँकी छ । जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्नुछ । तथ्यांक र अभिलेख व्यवस्थापन तथा अनुभवहरूको आदान प्रदानमा तपाईँहरूको सहयोगको अपेक्षा गरेको छु,’ उनले भने, ‘विशेषगरी पर्यटनमा सहकार्य गर्न पाए राम्रो हुने थियो ।’ गण्डकी सरकारले युएनडिपी सँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न सरकारबाट स्वीकृति पाइसकेको छ । पोखरेलले युएनडिपीको कार्यालय पोखरामा खोल्न आग्रह गरे ।

विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताइन् । परियोजना सञ्चालनका लागि सरकारले स्वीकृति दिएकोमा पनि उनले खुसी व्यक्त गरेकी छिन् । ‘समस्याहरू धेरै छन् । त्यसको साझा समाधान खोज्नुपर्छ । त्यसमा साझा प्रयत्न हामी दुवै पक्षको हुनुपर्छ,’ उनले भनिन्, ‘गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्नुछ । सबैले सँगै यात्रा गरौं ।’ कोभिडले थला परेको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

टोलीले सहकार्यको संकेतका रूपमा गमलामा बिरुवा पनि रोपेका छन् । उक्त बिरुवालाई सुरक्षित ठाउँमा सारेर चौतारी निर्माण गर्ने पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले बताए । टोलीले पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लगायत पर्यटकीय क्षेत्रहरूको भ्रमण

प्रतिक्रिया