लागू औषधसहित पोखराबाट ३ जना पक्राउ

पिएनपि खबर

पोखरा, २७ जेठ : पोखरामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा-९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार- ८ का २५ वर्षीय विराज हमाल, सोही ठाउँका २६ वर्षीय देवान्स थापा र आँधिखोला गाउँपालिका ३ का २० वर्षीय मनिष पौडेल छन् ।

उनीहरूको साथबाट डाईजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २८५ एम्पुल लागू औषध बरामद भएको छ । सबैलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया