अभिनेता शाहरुख खानका छोरा आर्यन भन्छन्–मेरो इज्जत बर्बाद गरियो

admin

मुम्बई, २८ जेठ : २ अक्टोबर, २०२१ को दिन थियो, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ उनले आर्यनसहित ६ अन्य व्यक्तिलाई पक्राउ गरेका थिए ।

यो मुद्धाको सुरुवातदेखि नै आर्यनसँग लागुऔषध नभएको दाबी गरिँदै आएको थियो । तर, पनि उनले अक्टोबरमा २० दिनसम्म जेलको हावा खानु पर्‍याे । यद्यपि, उनीसँग कुनै लागुऔषध नभेटिएको भन्दै २८ मे २०२२ मा उनलाई क्लिन चिट दिइयो । यो विषयमा शाहरुख र उनको परिवारका कोही पनि सदस्यले केही बताएका छैनन् ।

तर, एनसीबीका कार्यकारी निर्देशक जनरल सञ्जय सिंहले यो विषयलाई लिएर आर्यनसँग जोडिएको एक कुराको खुलासा गरेका छन् ।

सञ्जयका अनुसार जब लागुऔषध मामलामा आर्यनसँग उनी बयान लिन गएका थिए, त्यो बेला आर्यनले ‘के म यसको लायक थिएँ ?’ भनी प्रश्न गरेका थिए । ‘सर तपाईंले मलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्कर बनाउनुभयो । म लागुऔषधमा पैसा लगाउँछु । के यो कुरा बेतुकको लाग्दैन ? मसँग कुनै लागुऔषध थिएन, तर पनि मलाई पक्राउ गरियो । तपाईंले ममाथि धेरै गलत काम गर्नुभयो र मेरो इज्जतलाई बर्बाद गर्नुभयो । मलाई यति लामो हप्ता किन जेलमा बिताउनुपर्यो । के म वास्तवमै लायक थिए ?’, आर्यनले आफूलाई भनेको सञ्जयले स्मरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू