दलीय व्यवस्थामा स्वतन्त्रहरूको उदय खहरे खोलाजस्तै हो: नैनसिंह महर

admin

काठमाडौं, २८ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोजाजस्तै भएको टिप्पणी गरेका छन् ।

स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको दाबी गरे । ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ,’ महरले भने ।

उनले कांग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘कांग्रेसलाई गठबन्धन भए पनि ठीक छ, नभए पनि ठीक छ । कांग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन,’ उनले भने । एमाले अध्यक्ष केपी शर्माओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खाजेपछि कांग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।

वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको महरले बताए ।

प्रतिक्रिया