गायक रामजी खाँडको स्वरमा ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ सार्वजनिक

admin

काठमाण्डौं : गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको ‘दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ ।

राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ ।

‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियोमा दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनय देख्न सकिन्छ । ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया